१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओलम्पिक खेलाडीलाई गण्डकी सरकारको सम्मान

प्रदेश सरकारको सम्मान थाप्दै खेलाडीहरु। तस्बिरः नागरिक

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ। मासिक ५ हजार रुपैयाँका दरले (वार्षिक ६० हजार रुपैयाँ) सहित प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार खेलाडीलाई सम्मान गरेका हुन्।  

सम्मानीत हुने खेलाडीमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन्। ओलम्पियनलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहनुपर्ने बताए।  

‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडी आज को कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने। यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए।  

यसबाहेक गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यसवर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत पाँचसय ९४ जना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी एकसय जनाको स्वास्थ्य बीमा पनि गरेको छ। खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए।  

प्रकाशित: २३ फाल्गुन २०८० १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App