७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपालद्वारा उपाधि जित्न नेदरल्यान्ड्ससामू १८५ रनको चुनौती प्रस्तुत

नेपालले त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि जित्न नेदरल्यान्ड्ससामू १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८४ रन जोडेको हो।

चुनौतीपूर्ण लक्ष्य तयार गर्ने क्रममा नेपालका तर्फबाट ओपनर ब्याटर आशिफ शेखले ३७ बलमा ४७ रन, गुल्शन झाले २५ बलमा ३४ रन, कुशल मल्लले ११ बलमा २६ रन, कप्तान रोहित पौडेलले १९ बलमा २५ रन र कुशल भुर्तेलले १० बलमा २० रनको योगदान दिए।

नेपाली इनिङ १८ औं ओभरपछि भने एकाएक धर्मराउदा केही रन भने कम जोड्ने स्थिती बनेको छ। १८ ओभरको पहिलो बलमा कुशल मल्ल, अन्तिम बलमा करन केसी, १९ औं ओभरको पहिलो बलमा गुल्शन झा र दोस्रो बलमा आरिफ  शेख आउट हुँदा नेपालले आठ बलकै अन्तरमा चार विकेट गुमाएको थियो।

बलिङमा नेदरल्यान्डका फ्रेड क्लासन, भान डर गगटन, माइकल लेभित र सिब्रन्ड एन्गेल्ब्रेच्टले २/२ विकेट लिए।

प्रकाशित: २२ फाल्गुन २०८० १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App