जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सय रन पूरा गरेको छ। टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नपालले १२ ओभरको पहिलो बलमा सय रन पूरा गरेको हो।
१२ ओभरको खेल सकिँदा नेपालले २ विकेटको क्षतिमा १११ रन बनाएको छ।
अहिले मैदानमा नेपालका लागि गुलशन झा र आशिफ शेख मैदानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८० १२:२३ मंगलबार