५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

प्रतिश र कुशलले पनि लिए एकै ओभरमा दुईदुई विकेट, नेदरल्यान्ड्सको छैटाैं विकेट पतन

त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।

व्यक्तिगत दोस्रो ओभर लिएर इनिङको नवौं ओभर बलिङमा आएका जिसीले ओभरको पहिलो बलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र पाँचौं बलमा म्याक्स ओडाउटलाई बोल्ड गर्दै तेस्रो र चौथो सफलता दिलाएका हुन्।  

त्यसअघि इनिङको पहिलो ओभरमै करन केसीले नेपाललाई दुई सफलता दिलाएका थिए। यस्तै १० औं ओभरमा बलिङमा आएका कुशल मल्लले पनि एकै ओभरमा दुई विकेट लिएका छन्। योसँगै नेदरल्यान्ड्सको स्कोर १० ओभरको खेलमा ६ विकेटको क्षतिमा ६० रन छ।

प्रकाशित: १९ फाल्गुन २०८० १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App