२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

टी– २० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्यान्ड्स भिड्दै आज

त्रिकोणात्मक टि- २० क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ। उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुने छ।

नेपालले नामिबिया र नेदरल्यान्डस् सम्मिलित त्रिकोणात्मक टि– २० क्रिकेट शृंखलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो।

शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ। नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो।  

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो।

शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको दुईदुई अंक छ। रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अंक तालिकाको पुछारमा छ।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App