८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

नेदरल्यान्डद्वारा नेपालसामू १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

घरेलु त्रिकोणीय टि–२० क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्यान्डसँग आजको खेल जित्न नेपालले १८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएका थिए।

त्यसपछि माइकल लेभितको अर्धशतक र सिब्रन्ड एन्गेल्बे्रज्टको अविजित ४९ रनको मद्दतमा नेदरल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८४ रन जोडेको हो।

लेभितले आक्रामक पारी खेल्दै ३६ बलमा ५४ रन जोडे भने कप्तान स्कट एडवार्डले ३३ र तेजा निदामानिरुले ३१ रनको योगदान दिए।

नेपालका तर्फबाट करन केसी र कुशल मल्लले एक/एक विकेट लिए। सिरिज अन्तर्गत हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०८० १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App