२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

सावित्रा र प्रीतिको उत्कृष्ट गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

नेपाल पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

मंगलबार राती भएको सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

नेपालको जितका लागि सावित्रा भण्डारी र प्रिती राईले उत्कृष्ट गोल गरिन्।

पहिलो हाफमा १-० ले पछि परेको नेपाललाई सावित्राले खेलको ७६ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याइन्।

खेलको इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई लेबनानविरुद्ध पुनरागमन जित दिलाइन्।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ। जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

प्रकाशित: १६ फाल्गुन २०८० ०१:०८ बुधबार