१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको दोस्रो विकेट डाउन

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। 

पछिल्लो विकेटका रुपमा नेपालका ब्याट्सम्यान आशिफ शेख ६ बलमा ६ रन बनाएर आउट भएका छन्। उनी ट्रम्पलम्यानको बलमा फ्राइलिङ्कबाट क्याच आउट भएका हुन। 

यसअघि कुशल भुर्तेल पनि ट्रम्पलम्यानकै बलमा एलबीडब्लु भएका हुन। उनी शून्य रनमै आउट भएका हुन। नेपालले ४.२ ओभरको समाप्तिमा ४३ रन बनाएको छ। 

पहिलो इनिङमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। २० ओभरको समाप्तिमा नामिबियाले ४ विकेट गुमाएर २०६ बनाएको थियो।

यो खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङका लागि निम्तो दिएको थियो। 

प्रकाशित: १५ फाल्गुन २०८० १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App