२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा २४१ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।  

मुलपानी क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर क्यानडा–११ ले पहिले ब्याटिङको निम्तो पाएको थियो। जसमा मोभ्वाले ८२ बल खेल्दै ६८ रन जोड्दा नवनीत धलिवालले ६० बलमा ४६ रन, श्रीमन्थ विजयरत्नेले ५७ बलमा ४१ रन, आरोन जोनसनले ३८ बलमा ३६ रनको योगदान दिएका छन्।  

नेपाल ‘ए’का तर्फबाट शादब आलमले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट, शेर मल्लले १० ओभरमा ३९ रन खर्चिदै २ विकेट, रसिद खानले ५.५ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट, बासिर अहमद र सागर ढकालले १/१ विकेट लिए।

प्रकाशित: ८ फाल्गुन २०८० १३:१० मंगलबार

नेपाल ‘ए’ क्यानडा–११ दोस्रो एकदिवसीय अभ्यास खेल चुनौतीपूर्ण अर्धशतक मुलपानी क्रिकेट मैदान शादब आलम