१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

यसअघि बिहीबार नामिबियासँग ४ विकेटले नमिठो हार बेहोरेको नेपाली टोलीले आजको खेलमा उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्दै  ओभरमा नेदरल्यान्डका १० विकेट लिएर धराशायी पारेको हो।

नेदरल्यान्डलाई सस्तैमा रोक्न कुशल भुर्तेलले ७ ओभरमा २० रन खर्चिदै ४ विकेट लिए। जसमा नेदरल्यान्डका कप्तान स्कट एडवार्ड, अर्का भरपर्दा ब्याटर वेस्ले बारेसी र आर्यन दत्तको विकेट सामेल छ।

यस्तै ललितनारायण राजवंशीले १० ओभरमा ३२ रन खर्चिदै २ विकेट लिए। सोमपाल कामीले इनिङको पहिलो ओभरमै नेदरल्यान्डका ओपनर माइकल लेभितलाई थर्डम्यानमा देव खनालबाट क्याच आउट गराएर नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनको ७ ओभरमा दुई ओभर मेडन राख्दै २४ रन खर्चिएर एक विकेट छ।

यस्तै नेपाली कप्तान रोहित पौडेलले एक ओभर बलिङ गरेर ३ रन खर्चिएर एक विकेट लिएका छन्। नेदरल्यान्डका दुई ब्याटर म्याक्स ओडाउड र नोह क्रोज रनआउट भए।

नेदरल्यान्डका लागि कप्तान स्कट एडवार्डले ३३, बास डे लिडेले २७, सिब्रन्ड एन्गेलब्रेचले २३ रन जोड्नुबाहेक अन्य ब्याटरको प्रदर्शन कमजोर रह्यो।

प्रकाशित: ५ फाल्गुन २०८० १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App