१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२  प्रतियोगिताको दोस्रो इनिङमा  नेपाललाई दोस्रो सफलता हात परेको छ। नामिबियाका एन ड्याभिन र माइकल भान लिंगेन आउट भएका छन्। 

दुवै जना ललित राजवंशीको बलमा क्याच आउट भएका हुन। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ। 

सहज लक्ष्य पछ्याइरहेकाे  नामिबिया १६ ओभरको समाप्तिमा ६२ रन जोड्न सफल भएको छ। 

प्रकाशित: ३ फाल्गुन २०८० १३:५६ बिहीबार

आइसिसी विश्वकप क्रिकेट लिग–२ नेपाल ललित राजवंशी