२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र क्यानडाबीचको खेल माघ २५ देखि

नेपालले क्यानडासँग खेल्ने ३ एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सार्वजनिक गरेको तालिका नुसार नेपाल र क्यानडाबीचको खेल पर्सिदेखि सुरु हुँदैछ।

क्यानका अनुसार नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल माघ २५ गते बिहान ९ बजेबाट सुरु हुनेछ। यस्तै दोस्रो खेल २७ माघ र तेस्रो खेल २९ माघमा हुनेछ। खेल त्रिवि किक्रेट मैदान किर्तिपुरमा हुनेछ।

क्यानडासँगको खेलका लागि रोहित पौडेलको कप्तानीमा टिमको घोषणा गरिएको छ। जसमा आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, भिम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह रहेका छन्।    

प्रकाशित: २३ माघ २०८० ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App