२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत (सुपर–६) को खेलमा नेपाल बंगलादेशसँग १६९ रनमा समेटिएको छ।  

नेपाली कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ रोजेपनि ब्याटरहरू अपेक्षाकृत चल्न नसक्दा नेपाल ४९।५ ओभरमा अलआउट हुँदै सस्तैमा रोकिएको हो।

नेपाली इनिङमा कप्तान खनाल र विशालविक्रम केसीले ६२ रनको अर्धशतकीय साझेदारीबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्दा नेपाल सस्तैमा समेटिएको हो।

नेपालका तर्फबाट ब्याटर केसीले ४८, कप्तान खनालले ३५ ओपनर अर्जुन कुमालले १४ रन, सुवाश भण्डारीले १८ बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन्। गुल्सन झा आजको खेलमा पनि असफल हुँदै ३ रनमा आउट भए।

नेपाललाई सस्तैमा रोक्ने क्रममा बंगलादेशका रोहनाहत दोल्लाह बोर्सनले चार र शेख परवेज जीवनले तीन विकेट लिए।

प्रकाशित: १७ माघ २०८० ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App