४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा स्ट्राइकर मानबहादुरले २ गोल गरेपछि एपिएफलाई पराजित गर्दै पुलिस पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको अन्तिम ८ मा पुगेको हो।

शुक्रबारको खेलमा नायक बनेका मानबहादुरले खेलको १९ औँ र ७१ औँ मिनेटमा गोल गरेपछि एपिएफ पहिलो खेलबाटै घर फर्किएको छ। शुक्रबार दुई गोल गरेका मानबहादुरको दुवै गोल हेडर गोल हो। मानबहादुरले खेलको १९ औँ मिनेटमा हेडर गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। प्रताप गुरुङले हानेको फ्रिकिकलाई पेनाल्टी बक्स भित्र रहेका उनले हेडर गर्दै बललाई गोलपोष्टको दिशा दिए।

पहिलो गोलबाट थप उत्साहित देखिएका मानबहादुरले खेलको ७१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। पेनाल्टी बक्स एरियामा पाएको क्रस बललाई हेडर गर्दै जाली चुमाए।

पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको एपिएफले त्यसपछि भने सम्हालिएर खेल्ने प्रयास ग¥यो। बराबरी गोल फर्काउने उद्देश्य राखेर लगातार आक्रमण बुनेको एपिएफले अधिकांश समय बल होल्ड गरे पनि स्कोर गर्न चुक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो।

पुलिस आहा ! रारा पोखरा गोल्डकपको सर्वाधिक उपाधि विजेता टिम हो। पुलिस ६ पटकको विजेता तथा ५ पटकको उपविजेता टिम हो। शुक्रबारको विजेता पुलिसले अब क्वार्टरफाइनलमा माघ १६ गते चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ।

 प्रतियोगितामा भोलिदेखि क्वार्टरफाइनल खेलहरू सुरु हुनेछन्। क्वार्टरफाइनलको पहिलो खेलमा शनिबार विदेशी टिम भुटानको पारो एफसीविरुद्ध थ्रीस्टार प्रतिस्पर्धामा उत्रिनेछ।

प्रकाशित: १२ माघ २०८० १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App