११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

यू १९ विश्वकप क्रिकेटः पाकिस्तानसँग नेपाल पराजित

आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित भएको छ।समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग  ५  विकेटले पराजित भएको हो।

आज सम्पन्न खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले  ४७ दशमलब ४ ओभरमा ५  विकेट गुमाएर पुरा गरेको हो ।  

पाकिस्तानका लागि एस खान र एस हुसेनले समान ३७ रन बनाए । पाकिस्तानका अजान अवीसले आउट नभई सबै भन्दा वढि ६३ रन बनाए।नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश कडेंलले एक एक विकेट लिए ।

यस अघि नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए।

न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए। गुल्सन झाले १८ रनको योगदान दिए।आकाश चन्द १६ रन बनाएर नट आउट रहे । नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसंग आउने शुक्रबार खेल्नेछ।  

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

प्रकाशित: १० माघ २०८० १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App