२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बंगबन्धु म्याराथनमा सात खेलाडी

बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन्। म्याराथन जनवरी २६ तारिखमा हुँदैछ।

पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खडगबहादुर खड्का र प्रकाशसिंह ऐर रहेका छन्। महिलामा पुष्पा भण्डारी, १३ औं सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी छन्। ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा विन्द्राले १ कांस्य पदक जितेका छन्। प्रशिक्षकमा राकेश वज्राचार्य रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे। टोली बुधवार प्रस्थान गर्दैछ।

प्रकाशित: ९ माघ २०८० १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App