२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः कर्णालीले कोसीलाई हरायो

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोसी प्रदेशलाई हराएको छ।मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले ६ खेलपछि ६ अङ्क जोडेको छ। ७ खेल खेलेको कोसी  प्रदेश अङ्कविहीन छ। कोसीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए।

कोसीका लागि हेमन्त राईले ३ विकेट लिए भने कमल खत्रीले १ विकेट झारे।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोसीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए।

 कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए भने प्रकाश जैसीले ३ तथा दिवान पुनले २ विकेट लिए।  

प्रकाशित: ९ माघ २०८० ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App