यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ।विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँंग ६४ रन पराजित भएको हो।
न्युजिल्याण्डले दिएको ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो र खेल ६४ रनले हार्न पुग्यो।
नेपालका लागि सुरुवाती व्याटर अर्जुन कुमालले सबै भन्दा वढि १०४ बलमा १२ चौकासंगै ९० रन बनाए । कप्तान देव खनालले ३४ बलमा ५ चौका र १ छक्कासंगै ३६ रन बनाए । सुभाष भण्डारीले आउट नभई ३३ तथा तिलक भण्डारीले पनि आउट नभई १७ रनको योगदान दिए । त्यसैगरी दिपक बोहराले १५ तथा आकाश चन्दले १४ रन बनाए ।
गुल्सन झा र आकाश त्रिपाठी जम्मा २ रन बनाएर आउट भए।नेपालका शुरुवाती व्याटर दिपक बोहरा, उतम थापा मगर र दिपेश कडेल सुन्य रन बनाएर आउट भए।
यस अघि न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७ रन बनाए।
नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।नेपालले अव आउने बुधबार पाकिस्तानसंग खेल्नेछ ।
प्रकाशित: ७ माघ २०८० १६:०७ आइतबार