४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

युनियनका संस्थापक स्व गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष÷महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए।

सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ५ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।

प्रकाशित: २५ पुस २०८० १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App