२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रकास दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन: एपिएफका प्रिन्स र सुजन अन्तिम १६ मा

नेपाल ससस्त्र प्रहरीबल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकास दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। यस्तै सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७, २१–१३ ले पराजित गरेका हुन्।

आयोजक स्पोर्टस् हवको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस् हवका विशाल तामाङ्गलाई १७–२१, २१–११, २१–१५, पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१–१९, २२–२०, आर्मी क्लबका कविर के.सी.ले सरफराज उद्धिनलाई २१–२, २१–४, एपिएफका देवराज रानाले सागर लामालाई २१–५, २१–४, पुलिस क्लबका अभिक श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१–७, २१–१६, एपिएफका अनिल मल्लले एपिएफकै अरुण अधिकारीबाट वाक ओभर, पुलिसका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७–२१, २१–१२, २१–१९, एपिएफका भोज बहादुर गुरुङ्गले मोइन उद्धिनलाई २१–१०, २१–९, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१–९, २१–६, नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१, २१–१७, एपिएफका विजित थापा मगरले पुलिस क्लबका पुर्ण थापालाई २१–१९, १९–२१, २१–११, स्पोर्टस् हवका सुनिल कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१–१२, २१–७ र पुलिसका बिष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४, २१–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे।

भेट्रान ३५ बर्ष माथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेश कुमार राईको जोडी, चन्द्रगिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडी, राम आले र अमर डङ्गोलको जोडी, कुमार लामा र दत्त थापाको जोडी र आयोजक स्पोर्टस् हवका लाक्पा तेन्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए। यस्तै ४५ बर्ष माथि युगल तर्फ विपिन शाह र पुर्ण श्रेष्ठको जोडी, तिलक छन्त्याल र हिरा रोकाको जोडी, निरज लामा र एलपी महर्जनको जोडी तथा पिस फिटनेश सेन्टरका केशव न्यौपाने र नरेन्द्र न्यौपानेको जोडी पनि प्रिक्वाटरफाईनल प्रवेश गरे।

ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथी र ४५ बर्ष माथी गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए।

करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल (अखिल)शाहीले जानकारी गराए।

प्रकाशित: २५ पुस २०८० १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App