काठमाडौं – आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौति पाएको नेपालले ब्याटिङ गरिरहेको छ।
आजको खेलमा नेपालबाट डेब्यु गरेका अनिल कुमार शाह शुरुवातमै पेभेलियन फर्किए। लगत्तै ३ ओभरको खेल खेल्दा उपकप्तान ज्ञानेद्र मल्ल आउट भए भने ५.४ ओभरमा दिपेन्द्र सिंह ऐरी आउट भए। ६ ओभरको खेल सकिँदा नेपाल ३ विकेटको क्षतिमा २१ रनमा समेटिएको छ।
यसअघि नामिबियाको विन्डहक रङ्गाशालामा टस हारेर व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। १७८ रन पछ्याइरहेको नेपालको सुरुवाती व्याटिङ कमजोर देखिएको छ।
प्रकाशित: २९ माघ २०७४ ११:५९ सोमबार