७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दैछ। क्यानले मङ्गलवार सूचना जारी गर्दै आज क्यालेन्डर सार्वजनिक गर्ने घोषणा गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

क्यानको नयाँ निर्वाचित कार्यसमितिले क्यालेन्डर सहित क्रिकेट विकासको काम अघि बढाउने घोषणा गरेको थियो। सोही अनुसार क्यानले वार्षिक क्यालेन्डरलाई पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।

क्यानको वार्षिक क्यालेन्डरमा उमेर समुह र सिनियर टिमको वर्षभरीका घरेलु क्रिकेटका कार्यक्रमको तालिका समावेश हुनेछन्।  

प्रकाशित: १९ पुस २०८० ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App