२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्व स्ट्रेन्थलिफ्टिङमा पदक विजेता खेलाडीलाई सम्मान

भारतको हैदरावादमा सम्पन्न भएको १० औं वल्र्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबिपी) च्याम्पियनसिपमा पदक विजेता दुई जना खेलाडी सम्मानित भएका छन्।

मोरङ जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले विराटनगरमा सम्मान कार्यक्रम आयोजना गर्दै मोरङकी दीपा विष्ट र सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो। हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म प्रतियोगिता आयोजना भएको थियो।

स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक मोरङ सुन्दहरैँचा नगरपालिका–११ की दीपा विष्ट जितेकी थिइन्। उनले ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी हुन्। महिलातर्फ ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी विष्टले ३ वटा तौल समूहका सवै प्रतिष्पर्धामा आफ्नो अघिल्ला रेकर्डहरु समेत तोड्न सफल भएकी थिइन्।अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर स्वर्ण पदक जितेकी हुन्।

सुनसरीका संस्थापक अध्यक्षसमेत रहेका कविर भगत प्रधानाङ्ग कास्य पदक जित्न सफल भएका थिए। मोरङ जिल्ला स्ट्रेन्थलिफ्टिङ संघका अध्यक्ष नवनीतराज प्रधानले पदक विजेता खेलाडीद्वयलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे।

सम्मान कार्यक्रमपछि खेलाडीले पदक जित्दा आफूहरुलाई थप उर्जा प्राप्त भएको बताए। अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नै निजी खर्चमा खेल्दै पदक जित्न सफल भएको बताउँदै, उनीहरुले भने, ‘यस खेललाई पनि ३ तहका सरकारले सहयोग गर्नुपर्छ। अन्य खेललाई मात्रै सहयोग गर्दै आएको सरकारले खेलको स्तर र प्रतियोगिताबारे जानकारी लिएर खेल र खेलाडीलाई सहयोग गर्नु जरुरी रहेको छ। कहिलेसम्म आफ्नो निजी खर्चमा गएर खेल्ने ? प्रदेश सरकारले बर्सेनि गर्ने खेलाडी सम्मानमा भने नजरमा पर्न सकेकी छैन।

१० औं च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको जानकारी दिइएको थियो। प्रतियोगितामा नेपाललगायत १६ राष्ट्रका २ सय २० जना खेलाडीले सहभागिता रहेको थियो।  

प्रकाशित: १७ पुस २०८० १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App