१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

निम्स र वसुन्धरा एकेडेमी सेमिफाइनलमा

निम्स र वसुन्धरा नेसनल एकेडेमी (बिएनए) बिहीबार १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

निम्सले एचएचसिएलाई २०-१४ ले पराजित गर्‍यो। निम्सकी टिना लिम्बूले १० अंक योगदान गरिन्। स्मृति खत्रीको १३ अंक सहयोगमा बिएनएले ग्रिनल्यान्डलाई १७-१५ ले हरायो। सिनियर गल्र्समै एनसिसिएसले हिमरश्मिलाई २३-१४ तथा भ्याली पब्लिकले आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) ‘बी’ लाई २६-६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। एनसिसिएसकी दिवा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३-१३ स्कोर गरे। सेमिफाइनलमा भ्याली पब्लिकको भेट बिएनएसँग हुनेछ भने निम्सले एनसिसिएसविरुद्ध खेल्नेछ।

सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४-४१, ग्रिनल्यान्डले टिआइएलाई ५५-२७, भ्याली पब्लिकले बिएमसिएलाई ३१-२० र एचएचसिएले विल्सन एकेडेमीलाई ४३-२८ ले पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का गरे। निम्सका सुवास लामिछानेले २०, ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनील पौडेलले ७ र एचएचसिएका डेविड राईले १६ स्कोर गरे। सेमिफाइनलमा एचएचसिएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १३ पुस २०८० ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App