२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हेम्स र स्पाङ्गल क्वार्टरफाइनलमा

हेम्स र स्पाङ्गल १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

उक्त दुई टिमसंगै स्वप्न वाटिका, सनसाइन, काठमाडौं जेभियर्स, सूर्योदय, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र भद्रा घले पनि क्वार्टरफाइनलमा पुग्न सफल भए। जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, स्वप्नवाटिका, इनोभेटिभ, चैतन्य, एआइए, लिटिल फ्लावर, सनसाइन र स्पाङ्गलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभ, सनसाइन, हेम्स, काठमाडौं जेभियर्स, चैतन्य, एसियन पब्लिक, सृजनशील र लिभरपुलले क्वार्टरफाइनल यात्रा तय गरे।

प्रकाशित: ९ पुस २०८० ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App