न्युजिल्याण्ड – चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ। पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
न्युजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोमले ४० बलमा ७४, कोलिन मुनरोले ४२ बलमा ५६ र हेनरी निकोल्सले ७० बलमा ५२ रनको योगदान दिए। पाकिस्तानका लागि सदेब खानले ३ तथा रुमान राइस र हरीस सोहिलले १–१ विकेट लिए।
यसअघि न्युजिल्याण्डको हमिल्टनमा पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिजको ८१, फखर जमानले ५४ र हरीस सोहिलले ५० र रन बनाए।
पाकिस्तानलाई २६२ रनमा समेटन न्युजिल्याण्डका टीम साउथीले ३, केन विलियम्सनले २ तथा ट्रेन्ट बोल्ड र मिचेल स्यान्छरले १–१ विकेट हात पारे। पाँच खेलको एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले एउटा खेल पनि जित्न सकेको छैन।
प्रकाशित: २ माघ २०७४ ११:०७ मंगलबार