१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

रेडियन्ट पब्लिक दोहोरो उपाधिनजिक

आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको प्रतियोगितामा रेडियन्टको सिनियर र जुनियर ब्वाइज दुवै टोली फाइनलमा पुगेको हो। सिनियर गल्र्समा भने आयोजक रेडियन्टको टोली सेमिफाइनलमै रोकियो।

सिनियर ब्वाइज सेमिफाइनलमा रेडियन्टले एन्जल लर्डलाई ४९-३१ ले पराजित गर्‍यो। रेडियन्टको जितमा लमिक योञ्जनले १४ अंक योगदान गरे। फाइनलमा रेडियन्टको भेट जेनिथसँग हुनेछ। अर्को सेमिफाइनलमा सुशील शाहीको २१ अंक सहयोगमा जेनिथले ज्ञानोदयलाई ५४-२९ ले हराएको थियो।

जुनियर ब्वाइजमा रेडियन्टले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३४-९ ले हरायो। विजेताका शुसंकेत नेपालीले १५ स्कोर गरे। उपाधिका लागि रेडियन्टले ग्रिनफिल्डसँग खेल्नेछ। ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई २३-१५ ले पन्छायो।

ग्रिनफिल्डका रिसभ तामाङले १३ अंक बटुले। सिनियर गल्र्समा जेसिज र रिब्सले उपाधि भिडन्त पक्का गरे। जेसिजले स्वर्णिममाथि १०-६ को जित दर्ता गर्‍यो। जेसिजकी विप्रिशा श्रेष्ठले तीन अंक जोडिन्। आयोजक रेडियन्टविरुद्धको खेलमा रिब्स २५-१९ ले विजयी भयो। रिब्सकी आयुशा श्रेष्ठले १० स्कोर गरिन्।

प्रकाशित: १७ मंसिर २०८० ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App