६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र भुटानबीच बराबरी

बलका लागि प्रतिस्पर्धा गर्दै नेपाली (रातो) र भुटानी खेलाडी ।

काठमाडौं–सरस्वती हमालले अन्तिम मिनेटमा पेनाल्टी खेर फालेपछि नेपालले महिला साफ यु–१५ महिला फुटबलअन्तर्गत प्रतिष्ठाको लडाइँका रूपमा लिइएको भुटानविरुद्धको खेलमा अंक बाँडेको छ ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको अन्त्य गरेको हो । सुरुआती दुई खेल गुमाएका नेपाल र भुटान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । पहिलो खेलमा आयोजक बंगलादेशलाई ६–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भारतसँग १०–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै पहिलो खेलमा भारतसँग ३–० ले पराजित भुटान दोस्रो खेलमा बंगलादेशसँग पनि ३–० कै नतिजामा हारेको थियो ।
नवौं मिनेटमा डेकी लाहाजुमको गोलमा भुटानले अग्रता लिएको थियो । खेल सकिन ९ मिनेट मिनेट बाँकी हुँदा सविता रानामगरले गोल गर्दै  नेपाललाई खेलमा फर्काएकी थिइन् । नेपालले खेलको अन्तिम मिनेटमा गोल गर्र्दै प्रतिष्ठाको बाजी मार्ने सुनौलो अवसर पाएको थियो । तर हमाल पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल प्रतियोगितको सुखद अन्त्य गर्नबाट वञ्चित भएको थियो ।
४ राष्ट्रको सहभागिता भएको प्रतियोगिताको शीर्ष दुईमा बस्दै आयोजक बंगलादेश र भारत यसअघि नै फाइनलमा प्रवेश गरिसकेका छन् । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको बंगलादेशले ९ अंक जोड्दा दुई जित र एक हार बेहोरेको भारतले ६ अंक जोड्यो । तीन खेलमा समान १–१ अंक जोडेका भुटान र नेपालले क्रमशः तेस्रो र चौथो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेका छन् । बिहीबार समूह विजेताको टुङ्गो लगाउन भएको खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।
 

प्रकाशित: ७ पुस २०७४ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App