२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप छनोटमै विश्वकप विजेताको पराजय

फिफा विश्वकप २०२६ छनोट खेलमा साविक बिजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन्।

दक्षिण अमेरिकी छनोट खेलमा घरेलु मैदानमा आज विहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसंग २- ० गोलले पराजित भएको हो।  

उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरेका हुन ।

जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ। उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ। पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ।

यस्तै आजै विहान भएको खेलमा  ब्राजिल कोलम्बियासंग २ -१ गोलले पराजित भएको छ। ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो।लिभरपुलका विंगर लुईस डीयाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराए।

हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ। कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित: १ मंसिर २०८० ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App