काठमाडौँ – एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।
टस हारेर ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै काठमाडौँलाई १४३ रनको लक्ष दिएको थियो ।
चितवनको चुनौतीलाई काठमाडौँले ७ विकेट गुमाउँदै १९.२ ओभरमा भेट्टायो । काठमाडौँका लागि सबैभन्दा धेरै फरविज महरुफले मह ३३ बलमा ३९ र अमित श्रेष्ठले २४ बलमा ३८ रन को योगदान दिए ।
प्रकाशित: ६ पुस २०७४ ११:०८ बिहीबार