२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधि हात पारेपछि फोटो खिचाउँदै त्रिभुन आर्मीका खेलाडी लगायत।तस्बिर:नागरिक

त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ को उपाधि हात पारेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र  बिघा मैदानमा बुधवार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शून्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।

उपाधि जितेसँगै आर्मीले नगद ८ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको चर्च व्वाईजले नगद ४ लाखमा चित्त बुझायो।त्रिभुवन आर्मीका खेलाडी सराेज श्रेष्ठले खेल सुरु भएको ३२ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए।

दोस्रो हाफको ७६ औं मिनेटमा आर्मीकै मानबहादुर आले मगरले गोल गरेर टिमलाई जित दिलाए । त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आले म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा उत्कृष्ट डिफिरेन्सरमा आर्मीका युद्ध शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आर्दशबहादुर मल्ल, उत्कृष्ट टिम गोर्खा व्वाईज, रेसिङ साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँसहित सम्मान गरियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैयाँ प्रदान गरियो।

कोहलपुर रेसिङ साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् । आयोजकले उनलाई स्कुटर उपलब्ध प्रदान गरेको छ।समापन कार्यक्रमका प्रमुख अतिथि एवम् कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।कोहलपुर रेसिङ साहारा क्लबले यही कात्तिक १५ गतेदेखी उक्त प्रतियोगिता सञ्चालनमा ल्याएको थियो।उक्त क्लबले गत वर्षबाट प्रतियोगिता सुरु गरेको हो।

प्रकाशित: २२ कार्तिक २०८० १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App