२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनाएको छ।भारतको कोलकोत्ताको इडन गार्डेनमा् दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा आयोजका भारतले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ५विकेट गुमाएर ३२६ रन बनाएको हो।

भारतका लागि सबै भन्दा वढि विराट कोहलीले १२१ बलमा १०चौकासहित १०१ रन बनाए । श्रेयस अय्यरले ८७ बलमा ७ चौका र २ छक्कासंगै ७७ रनको योगदान दिए।त्यसैगरी कव्तान रोहित शर्माले ४० रन , रवींद्र जाडेजाले २९ रन,शुभमन गिलले २३ रन  तथा सूर्यकुमार यादवले २२ रन बनाए।के एल राहुल ८ रन बनाएर आउट भए।

दक्षिण अफ्रिकाका लागि लुंगिसानी एनगिडी,मार्को यानसन, कगिसो रबाडा, केशव महाराज र तबरेज़ शम्सी सबैले एक एक विकेट लिए।  

जारी लिगमा दुबै टोलीले सारनदार प्रदर्शन गरेका छन।रोहित शर्माको कप्तानीमा रहेको भारतले हालसम्म जारी प्रतियोगितामा ७ खेल खेलेको छ।७ वटैमा जित हात पार्दै भारत अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले पनि समान ७ खेल नै खेलेको छ। तर,ऊ १ खेलमा पराजित हुँदै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।  

प्रकाशित: १९ कार्तिक २०८० १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App