१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ट्वान्टी–२० विश्वकप छनोट : भोलि युएईलाई पराजित गरे नेपाल विश्वकपमा

तस्बिर :फाईल फोटो /क्यान

भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।

भोलि विहान ११ बजे देखि मुलपानी क्रिकेट मैदानमा हुने खेलमा  नेपालले फाइनलमा प्रवेश गरेर आइसिसी ट्वान्टी–२०विश्वकपमा छनौट हुन युएईलाई हराउनै पर्ने हुन्छ।

समूह चरणमा दुई खेल लगातार जितेर सेमिफाइनलमा प्रवेश गरेको नेपाल आज ओमानसँग ५ रनले हारे पछि फाइनल पुग्न युएई प्रतिध्वदी पाएको हो। यदि आजको खेलमा नेपालले ओमानलाई हराएको भए युएई भन्दा कमजोर मानिएको बहाइसँग सेमिफाइनलमा  भेट हुने थियो । बहराइनसँग खेल हुने भएको भए नेपालको खेल कीर्तिपुर क्रिकेट मैदानमा भोलि ११ बजे नै हुने थियो । तर आज बहराइन कुवेतसँग हारेर पनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै सेमिफाइनलमा पुगेको हो । भोलि ओमान र बहराइनबिच पनि अर्को सेमिफाइनल खेल हुनेछ।

समूह चरणमा नेपाल मलेसियालाई ६ विकेटबाट तथा सिंगापुरलाई ८ विकेटबाट हराउँदै समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्यसैगरी समूह बीमा रहेको युएई बहराइनलाई ५ विकेटबाट , कुवेतलाई पनि ५ विकेटबाट तथा हङकङलाई २२ रनबाट हराउँदै समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

नेपाल र युएईबिच अहिले सम्म  टी २० क्रिकेटमा ८ पटक प्रतिस्पर्धा भएको छ । यही महिना मात्र नेपाल र युएई विच ३ खेल भएकोमा नेपालले २ तथा युएईले १ खेल जितेका छन । समग्रमा ८ मध्ये दुवैले चार चार खेल आफ्नो पक्षमा पारेका छन। 

भोलिको खेलमा मुलपानी क्रिकेट मैदानमा कम दर्शक क्षमता भएकाले नेपाल क्रिकेट सघ क्यानले घरमै बसेर टेलिभिजनमा खेल हेर्न अनुरोध गरेको छ । क्यानले तीन हजार पाँच सय मात्र टिकट बिक्री वितरण गर्ने जनाएको छ।अनलाइनबाट मात्र टिकट बिक्री हुने भएकाले मैदानमा टिकट बिक्रि कक्ष नभएकाले टिकट खरिद नगरेका दर्शक मैदानमा नआई घरमै टेलिभिजनमा बसेर खेल हेर्न क्यानले आम खेल प्रेमी दर्शकलाई आज प्रेस विज्ञप्ति निकालेर अनुरोध गरेको हो ।

साथै क्यानले भोलिको खेलका लागि कुनै पास वितरण नगरेको पनि जनाएको छ । भोलिको खेलका लागि क्यानले समूह चरणको भन्दा १ सय रुपैया बढाएको छ । भोलिको खेलका लागि प्रति टिकटको मूल्य तीन सय रुपैया तोकेको छ। भोलि हुने दवै सेमिफाइनलमा विजेता टोली अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने आइसीसी ट्वान्टी–२०विश्वकपका लागि छनौट हुनेछ। नेपाले सन् २०१४ पछि आइसीसी ट्वान्टी–२०विश्वकपका लागि छनौट हुन सकेको छैन।  

प्रकाशित: १६ कार्तिक २०८० १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App