५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः टस जितेर ब्याटिङ गर्दै मलेसिया

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध मलेसियाले टस जितेको छ।

त्रिवि क्रिकेट मैदानमा १:१५ बजे सुरु हुने यो खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिला फिल्डीङको निम्तो दिएको छ।

समूह ‘ए’ मा रहेको नेपालले  यसअघि सोमवार भएको खेलमा सिङ्गापुरलाई ८ विकेटले हराएको थियो।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।

प्रकाशित: १४ कार्तिक २०८० ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App