१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।

किर्तिपुर क्रिकट मैदनमा विहान ९ बजे देखि सुरुभएको यी दुई बिचको खेलमा सिङ्गापुरले टस जितेर ओमानलाई पहिला व्याटिङ गर्न लगाएको हो।ओमानले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ६ विकेटको नोक्सानीमा १७४ रन बनाएको हो।

जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले  ब्याटिङ सुरु गरिसकेको छ।ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

जारी खेलमा दुवैको यो दोस्रो खेल हो । यस अघि ओमानले हिजो मलेसियालाई ३२ रनले हराएको थियो । सिङ्गापुर भने नेपालसंग ८ विकेटले पराजित भएको थियो।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।  

एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।दुवै समूहबाट  शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली  सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: १४ कार्तिक २०८० ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App