६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः आज चार वटा खेल हुँदै

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ।  

दुई वटा खेल किर्तिपुर क्रिकेट मैदान तथा दुई वटा खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।अहिले विहान ९ बजे देखि किर्तिपुर क्रिकेट मैदानमा ओमान र सिङ्गापुरबिच खेलहुँदैछ।  

त्यसैगरी विहान ९ बजे देखि नै मूलपानी क्रिकेट मैदानमा हङकङ र बहराइनबिच खेल हुनेछ।  

त्यसैगरी  दिउँसो १ः१५ बजे नेपाल र मलेसियाविच किर्तिपुर क्रिकेट मैदानमा हुनेछ।युएई र कुवेतबिचको खेल चाहि दिउँसो १ः१५ बजे मूलपानी क्रिकेट मैदानमै हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।

दुवै समूहबाट  शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली  सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: १४ कार्तिक २०८० ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App