२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले विना कुनै विकेटको क्षतिमा पूरा गर्यो ५० रन

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ५० रन पूरा गरेको छ।  

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

नेपालका लागि हाल मैदानमा आशिफ शेख १९ र कुशल भुर्तेल ३७ रन बनाएर  ब्याटिङ गरिरहेका छन्। हालसम्मको अवस्थामा नेपालले ६ ओभरको खेल सकिँदा ५८ रन बनाएको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

प्रकाशित: १३ कार्तिक २०८० ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App