६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरले गुमायो ४ विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले ४ विकेट गुमाएको छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिङ्गापुरले ६३ रनमा आफ्नो ४ विकेट गुमाइसकेको छ।  

मध्यम सुरुआत गरेको सिङ्गापुरले १ विकेटको क्षतिमा ५० रन पूरा गरेपनि ५५ रनसम्म ४ विकेट गुमाएको हो। हालसम्मको अवस्थामा सिङ्गापुरले ४ विकेट गुमाएर ९ ओभरको खेल सकिँदा ६३ रन बनाएको छ।  

नेपालका लागि करण केसीले सिङ्गापुरका कप्तान अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका छन्। यस्तै सिङ्गापुरका अमर्तया कौललाई गुलशन झाले शून्य रनमा आउट गरेका छन् भने रोहन रंगाराजनलाई गुलशन झाको बलमा सन्दिप जोराले आउट गरेका छन्। यस्तै सन्दिप लामिछानेले सुरेन्द्ररन चन्द्रमोहनलाई ६ रनमा आउट गरेका छन्। 

प्रकाशित: १३ कार्तिक २०८० ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App