१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट टोलीमा सन्दीपको पुनरागमन

क्याप्शन

महत्त्वपूर्ण बलर तथा लेग स्पिनर सन्दीप लामिछाने आगामी ट्वान्टी–२० विश्वकप छनोट यात्रा लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन भएका छन् ।

नेपालले सोमबारदेखि घरेलु मैदानमा आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको एसिया क्वालिफायर खेल्दै छ । विश्वकप छनोटकै तयारीस्वरूप घरेलु मैदानमा शुक्रबार सम्पन्न त्रिकोणात्मक शृंखलामा भने सन्दीप लामिछाने थिएनन् । सन्दीपले केही समय आराम गर्ने भनेपछि सो शृंखलामा उनीबिना नै नेपालले खेलेको थियो । करिब १० दिनको प्रतियोगितापछि भने सन्दीपको टोलीमा पुनरागमन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली छनोट गरेको हो ।

शनिबार सार्वजनिक भएको टोलीमा अधिकांश शृंखला खेलेका खेलाडी छन् । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो । नेपाल फाइलनमा युएईसँग पराजित भएको थियो । त्यसबाहेक लिगका चार खेलमा भने नेपालले जित निकालेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीपसँगै विवेक यादवलाई पुनरागमन गराउँदा अनुभवी ब्याटर विनोद भण्डारी पनि टोलीमा समेटिएका छन् ।  

यससँगै यसअघि शृंखलामा रहेका सूर्य तामाङ, लोकेश बम र श्याम ढकाल (मौसम) भने नेपाली टोलीबाट बाहिरिएका छन् । यसअघिको शृंखलामा १८ सदस्यीय नेपाली टोली थिए । यस पटक छनोटमा १५ सदस्यीय खेलाडी मात्र राख्न पाउने भएपछि सन्दीपको आगमनसँगै टोलीमा केही हेरफेर भएको छ । यद्यपि, अधिकांश नियमित सदस्यीय नै टोलीमा समेटिएका छन् । नेपालको टोली कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतीश जिसी, ललित राजवंशी टोलीमा छन् ।

एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिंगापुर छन् । समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् । उद्घाटन खेलमा नेपालले सिंगापुरसँग त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।  

एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिंगापुर छन् । समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित: १२ कार्तिक २०८० ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App