१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

धनगढी एफसीमा सेनेगलका पूर्वरक्षक

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डिआग्नेसँग सम्झौता गरेको छ ।

धनगढी एफसीले यसअघि पहिलो विदेशी खेलाडीको रूपमा ओलावाले अफिजलाई अनुबन्धित गरिसकेको छ । पहिलो सिजनको उपविजेता धनगढीले युरोपको विभिन्न चर्चित क्लबबाट खेलिसकेका ३४ वर्षे डिआग्नेलाई भिœयाएको हो । गत वर्ष उनले इन्डियन सुपर लिग क्लब चेन्नाइन एफसीबाट खेलेका थिए । सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डिआग्नेले चार खेल खेलेका छन् । उनी खेलेको खेलमा सेनेगल अपराजित रहेको थियो ।

डिआग्नेले फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यावसायिक फुटबल सुरु गरेका थिए । उनले जर्मन बुन्डेसलिगा क्लब फ्राइबर्गबाट युरोपा लिगसमेत खेलिसकेका थिए । जर्मनीकै अर्काे प्रतिष्ठित क्लब वेर्डर बे्रमेनबाट बुन्डेसलिगा खेलेका डिआग्नेले स्टेड रेन्सबाट फ्रेन्च लिग खेलेका थिए । डिआग्नेसँग टर्की र भारतीय फुटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । उनै अनुभवी रक्षकलाई धनगढीले भिœयाउन सफल भएको छ ।  

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान् अट्याकर आशिष चौधरी छन् । अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, गोलकिपर टेकेन्द्रसिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतीशरत्न छन्जु र रामचन्द्र वाजीलाई अनुबन्ध गरिसकेको छ । प्रशिक्षकमा युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । डिआग्नेले आफू नेपालमा खेल्न पाउँदा खुसी भएको बताएका छन् ।

‘विदेशी खेलाडी धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुसी छु । गत सिजन भारतमा खेलेकाले नेपालको फुटबलका बारेमा थोरै भए पनि जानकार छु,’ डिआग्नेले भने,‘मेरो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एक स्थान माथि पु¥याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रकाशित: १२ कार्तिक २०८० ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App