१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपाललाई हराउँदै युएईले जित्यो उपाधि

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि युएइले जितेको छ।

आज किर्तिपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो।  

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा कप्तान मुहम्मद वसीमको ४५ रन ,वृत्या अरविंदको २६ रन तथा आर्यांश शर्मा २५ तथा बासिल हामिदको २२ रनमहत्वपूर्ण रह्यो।

नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

यस अघि किर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए।  

नेपालका आसिफ शेख ७ रनमा बोल्ड आउट भए । त्यसैगरी कुशल मल्ल पनि एक रनमा बोल्ड आउट भए ।  

कप्तान रोहित पौडेलले १७ बलमा १ चौकासहित १८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्कासंगै  २० रन बनाए।सोमपाल कामीले  १३ रन बनाए ।करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे।

युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए।अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो।

सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

प्रकाशित: १० कार्तिक २०८० ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App