१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि२० : हङकङमाथि युएईको सानदार जित

नेपालमा जारी   त्रिकोणात्मक टि२० आई सिरिजमा युएईले हङकङलाई हराएको छ।युएइले हङकङमाथि ६ विकेटको सानदार जित हात पार्न सफल भएको छ। जितको लागि १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको युएईले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

युएईको लागि  कप्तान मोहम्मद वासिमले १७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । खालिद शाहले ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रन, वृत्य अरविन्द २९रन , एलिशान शरुफु २० रन  र बासिल हामिद ११ रन बनाए।

हङकङको लागि  यासिम मुर्तजाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। एहसान खान र निजाकत खानले एक एक विकेट लिए।

मुलपानी क्रिकेट मैदानमा  भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो।

हङकङका बाबर हायतले सर्वाधिक ६६ रन बनाए । एजिज खान ४८ रनमा नट आउट रहे । भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

युएईका जहुर खानले ३ विकेट लिए।निलांश केश्वानीले  २ विकेट लिए।नेपाल चार मध्य तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ।

युएईले सोमबार नेपालसँग खेल्नेछ।उक्त खेलमा युएई विजयी भएमा फाइनलमा पुग्नेछ।तर नेपालसँग पराजित भएमा युएईले हङकङलाई हराउनु पर्ने हुन्छ। हङकङसँग पराजित भएमा भने नेटरनरेटमा निर्भर हुनेछ।युएई र हङकङबीचको खेल बुधबार हुनेछ।फाइनल शुक्रबार हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८० १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App