२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई

उपाधिका साथ बागमती प्रदेश प्रहरी टिम।

 चैनपुर जेसीज प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ।

बुधबार भएको फाइनल भिडन्तमा केदारेश्वर युवा क्लव रजैयालाई १(० गोलले हराउँदै प्रहरीले उपाधी जितेको हो । प्रहरीका लागि देवबहादुर सुनार नायक बने । उनले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।उनले दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा गोल गरेका हुन् ।

 बिजेता प्रहरीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने केदारेश्वरले २५ हजार ५२५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । रजैयाले सिमपानी र प्रहरीले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

खेलमा प्रहरीका सुकबहादुर सार्की उत्कृष्ट गोलरक्षक, केदारेश्वरका उत्तम मोक्तान उत्कृष्ट डिफेन्डर, प्रहरीकै विशाल थिङ उत्कृष्ट मिडफिल्डर, एफसी सिमपानीका राहुल थापा मगर उत्कृष्ट फरवार्ड र प्रहरीका राजेन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल, कार्यक्रम संयोजक प्रमोद अधिकारी, मातृशाखा पर्साखैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

असोज २३ गतेबाट सन्चालन भएको प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खनालले प्रस्तावित शाखाले मकवानपुरको पश्चिमी क्षेत्रमा विभिन्न सामाजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

दशैं, तिहार, छठ लगायतको पर्वको शुभकामनासंगै फुटबल खेलको विकास र खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल, रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ता, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८० १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App