१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ५ विकेट झर्यो

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध  इग्ल्याण्डको पाँच  विकेट झरेको छ ।  जितको लागि २८५ रनको लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले पाँचो  विकेटको रुपमा लियम लिविंगस्टनलाई गुमाउन पुगेको छ । उनलाई राशिद ख़ानले १० रनमा आउट गरेका हुन । उनी आउट हुँदा इग्ल्याण्डले २० दशमलब ४ ओभरमा ११७ रन बनाएको थियो।  

यस अघि इग्ल्याण्डले चौथो विकेटको रुपमा कप्तान जॉस बटलर ९ रनमा गुमाएको थियो।कप्तान जॉस बटलर  १७ दशमलब २ ओभरमा ९१ रन हुँदा अफगानिस्तानका नवीन उल हक़बाट आउट भएका हुन।

त्यसैगरी  इग्ल्याण्डले तेस्रो विकेट १२ दशमलब ४ ओभरमा डाविड मलानलाई गुमाउन पुगेको छ । उनी अफगानिस्तानका बलर मोहम्मद नबी आउट भएका हुन। उनी  ३२ रन बनाएर आउट भए।उनी आउट हुँदा इग्ल्याण्डले जम्मा ६८ रन बनाएको छ।

इग्ल्याण्डले पहिलो विकेट १ दशमलब १ ओभरमा जम्मा ३ रन हुँदा गुमाएको हो । त्यसैगरी दोस्रो विकेट  ६ दशमलब ५ ओभरमा ३३ रन जोड्दा गुमाएको हो।

ताजास्थीतीमा इग्ल्याण्डले  २३ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको छ।  

यस अघि अफगानिस्तानले पहिला व्याटिङ गर्दै४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाउन सफल भएको हो।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानले टस हारेर पहिला व्याटिङको निम्तो पाएको हो।  

अफगानिस्तानका लागि सबै भन्दा वढि सुरुवाती व्याटर हशमतउल्लाह शहीदीले ५७ बलमा  ८ चौका र ४ छक्कासहित ८० रन बनाए । इकराम अलीख़िले ५८ रन बनाए । त्यसैगरी मुजीब उर रहमान  र इब्राहिम ज़दरानले २८ र२८ रन बनाए। राशिद ख़ानले २३ रन, अज़मतउल्लाह ओमरज़ाईले १९, कप्तान हशमतउल्लाह शहीदीले १४ रन मोहम्मद नबीले ९ रन तथा रहमत शाहले  ३ रन बनाए । नवीन उल हक़  ५  रनमा आउट हुँदा फ़ज़लहक़ फ़ारूक़ी २ रनमा नट आउट रहे।

इग्ल्याण्डका लागि सबै भन्दा वढि आदिल रशीदले १० ओभरमा १ मेडन ओभरसहित ४२ रन खर्चेर  ३ विकेट लिए । त्यसैगरी मार्कले वुड २ विकेट लिए । त्यसैगरी रीस टॉप्ली, लियम लिविंगस्टन र जो रूटले एक एक विकेट लिए।

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन।अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

इग्ल्याण्डको टोली

जॉनी बेयरस्टो,डाविड मलान,जो रूट,जॉस बटलर कप्तान,हैरी ब्रूक,लियम लिविंगस्टन,क्रिस वोक्स,सैम करन,आदिल रशीद,मार्क वुड र रीस टॉप्ली

अफगानिस्तानको टोली

रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,हशमतउल्लाह शहीदी कप्तान ,अज़मतउल्लाह ओमरज़ाई,इकराम अलीख़िल,मोहम्मद नबी,राशिद ख़ान,मुजीब उर रहमान,नवीन उल हक़ र फ़ज़लहक़ फ़ारूक़ी

प्रकाशित: २८ आश्विन २०८० १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App