१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।   

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानका हशमतउल्लाह शहीदी ८० रनमा , इब्राहिम ज़दरान २८ रनमा तथा रहमत शाह  ३ रनमा आउट भए ।  इब्राहिम ज़दरान र  रहमत शाह  इग्ल्याण्डका बलर आदिल रशीदले आउट गरेका हुन भने हशमतउल्लाह शहीदी रन आउट भएका हुन । अफगानिस्तानले पहिलो विकेट१६ दशमलब ४ ओभरमा ११४ रन हुँदा इब्राहिम ज़दरान, गुमाएको हो । त्यसैगरी दोस्रो विकेट १८ दशमलब ४ ओभरमा १२२ हुँदा रहमत शाह गुमाएको हो । त्यसैगरी हशमतउल्लाह शहीदी निजी ८० रन बनाएर खेलिरहँदा  १८ दशमलब ५ ओभरमा १२२ हुँदा रन आउट भए । ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।

 यस अघि इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।    जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

प्रकाशित: २८ आश्विन २०८० १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App