१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ।भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा आज भएको खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै  ५० ओभरमा ८  विकेट गुमाएर २७२  रन बनाएको थियो।

जवाफमा घरेलु टोली भारतले ३५ ओभरमा २ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । यो जितसंगै विश्वकप क्रिकेटमा भारतले ४ अंक पाएको छ।भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

भारतलाई सहज जित दिलाउन कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्का सहित सर्वाधिक  १३१ रन बनाए । त्यसैगरी इसान किसनले ४७ बलमा ५ चौका र २ छक्का सहित ४७ रनको योगदान दिए । विराट कोहली  ५५ रनमा तथा श्रेयस अय्यर   २५ रन बनाएर नट आउट रहे।

 यस अघि अफगानिस्तानको पालीमा सबै भन्दा वढि कप्तान हशमतउल्लाह शहीदीले ८० रन बनाए । त्यसैगरी अज़मतउल्लाह ओमरज़ाईले ६२ रन बनाए । त्यसैगरी इब्राहिम ज़दरानले २२ ,रहमानउल्लाह गुरबाज़ले २१, मोहम्मद नबीले १९, रहमत शाह र राशिद ख़ानले १६ र१६ रन बनाए।

भारतका लागि जसप्रीत बुमराहले १० ओभरमा  ३९ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी हार्दिक पंड्याले २ विकेट तथा शार्दुल ठाकुर र कुलदिप यादवले एक एक विकेट हात पारे।

भारतीय टोली

रोहित शर्मा कप्तान ,इशान किशन,विराट कोहली,श्रेयस अय्यर,के एल राहुल,हार्दिक पंड्या,रवींद्र जाडेजा,शार्दुल ठाकुर,जसप्रीत बुमराह,कुलदीप यादव र मोहम्मद सिराज

अफगानिस्तानी टोली

हशमतउल्लाह शहीदी कप्तान ,रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,अज़मतउल्लाह ओमरज़ाई, मोहम्मद नबी,नजीबउल्लाह ज़दरान,राशिद ख़ान,मुजीब उर रहमान,फ़ज़लहक़ फ़ारूक़ी र  नवीन उल हक़

प्रकाशित: २४ आश्विन २०८० १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App