१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : भारत र अफगानिस्तानबिच खेलजारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

विश्वकप क्रिकेट अन्र्तगत भारत रअफगानिस्तानविच खेल भइरहेको छ ।  

 भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन । ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३  विकेट गुमाएर  १०० रन बनाएको छ ।  

अफगानिस्तानका सुरुवाती व्याटर इब्राहिम ज़दरानलाई २२ रनमा  भारतका बलर जसप्रीत बुमराहले आउट गरे । त्यसैगरी अफगानिस्तानका अर्का सुरुवाती व्याटर रहमानउल्लाह गुरबाज़लाइ २१ रन भारतका बलर हार्दिक पंड्याले आउट गरे ।त्यसैगरी तेस्रो विकेटको रुपमा अफगानिस्तानले रहमत शाहलाई निजी  १२ रनमा गुमाउन पुग्यो । उनलाई भारतका बलर शार्दुल ठाकुरले आउट गरे । अफगानिस्तानको पहिलो विकेट ६ दशमलब ४ ओभरमा  ३२ रन हुँदा , दोस्रो विकेट १२ दशमलब ४ ओभरमा ६३ रन हुँदा तथा तेस्रो विकेट  १३ दशमलब १ ओभरम ६३ रनमै गुमाउन पुगेको हो।  

 भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । अनुभवी स्पिनर रविन्द्रन आश्विनलाई बेन्चमा राख्दै शार्दुल ठाकुरलाई मौका दिएको छ । 

भारतीय टोली  

रोहित शर्मा कप्तान ,इशान किशन,विराट कोहली,श्रेयस अय्यर,के एल राहुल,हार्दिक पंड्या,रवींद्र जाडेजा,शार्दुल ठाकुर,जसप्रीत बुमराह,कुलदीप यादव र मोहम्मद सिराज

अफगानिस्तानी टोली  

हशमतउल्लाह शहीदी कप्तान ,रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,अज़मतउल्लाह ओमरज़ाई, मोहम्मद नबी,नजीबउल्लाह ज़दरान,राशिद ख़ान,मुजीब उर रहमान,फ़ज़लहक़ फ़ारूक़ी र  नवीन उल हक़

प्रकाशित: २४ आश्विन २०८० १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App