२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

१० ओभरमा माल्दिभ्सविरुद्ध नेपालको चौथो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।    

तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए । दोश्रो विकेटको रुपमा कुसल भुर्तेल ३०  रन बनाएर आउट भएका छन । यस अघि पहिलो विकेट आसिफ शेल ६ रन बनाएर आउट भएका हुन । नेपालले २ दशमलब ३ ओभरमा आसिफ शेखलाई गुमाएको हो भने कुसल भुर्तेलल ६ दशमलब ३ ओरभमा गुमाएको हो  । बिनोद भण्डारी ७ दशमलब १ ओभरमा आउट भएका हुन।

चीनमा जारी यो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन।   ताजास्थीतमा नेपालले १० ओभर ४ बलमा ४ विकेट गुमाएर ६९ रन बनाएको छ।अहिले कप्तान रोहित पौडेल र गुल्सन झा क्रिजमा छन।  

प्रकाशित: १४ आश्विन २०८० ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App