१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

माल्दिभ्सविरुद्ध नेपालको तेश्रो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ।नेपालले तेश्रो विकेट गुमाएको छ ।तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए। बिनोद भण्डारी ७ दशमलब १ ओभरमा आउट भएका हुन  । 

दोश्रो विकेटको रुपमा कुसल भुर्तेल ३०  रन बनाएर आउट भएका छन । यस अघि पहिलो विकेट आसिफ शेख ६ रन बनाएर आउट भएका हुन । नेपालले २ दशमलब ३ ओभरमा आसिफ शेखलाई गुमाएको हो भने कुसल भुर्तेलल ६ दशमलब ३ ओरभमा गुमाएको हो  । 

चीनमा जारी यो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन ।   ताजास्थीतमा नेपालले ७ ओभर ३ बलमा ३विकेट गुमाएर ५८ रन बनाएको छ ।  

नेपालको प्लेइङ(११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान),सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित: १४ आश्विन २०८० ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App