७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

क्यानको अध्यक्षमा चन्द निर्विरोध, थप दुई पदाधिकारी पनि निर्विरोध निर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार विनयराज भण्डारी चुनाव नलड्ने भएपछि चन्द निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका भण्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेका थिए।

त्यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह बाहेक अरुको उम्मेदवारी परेको छैन। अन्यको उम्मेदवारी नै नपरे पछि सिंह नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। क्यानको निर्वाचनका लागि उम्मेदवारी दिन बिहान ९ः १५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो। 

यस्तै कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।

अब सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन्। उनी केही अघिमात्रै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए।

सचिवका अर्का उम्मेदवार प्रशान्तविक्रम मल्ल यसअघि पनि सचिव थिए। विवाद भएपछि उनले सचिवबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ आश्विन २०८० ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App